News

प्रदेश २ : नाम र राजधानीको मुद्धा झनै पेचिलो

प्रदेश २ : नाम र राजधानीको मुद्धा झनै पेचिलो

काठमाडौँ। राजधानी र नामकरण टुंग्याउन प्रदेश २ को प्रदेशसभामा मंगलबार मतदानमार्फत दिनभरि भएको प्रयास असफल भयो। प्रदेशसभा गठन भएको २६ महिनापछि यो विषय टुंग्याउन मंगलबार मध्यरातसम्म विभिन्न चरणमा भएको मतदानमा कुनै एक दलको मात्र नभई चार दलको संयुक्त प्रस्तावमा समेत दुईतिहाइ बहुमत पुग्न सकेन।

गत भदौ ५ मा दल तथा सांसदले प्रदेशसभामा दर्ता गराएको प्रस्तावमा प्रदेश सभामुखसमेत रहेको अध्ययन तथा छलफल विशेष समितिमा पटकपटक गरी भएको ११ वटा बैठकमा सहमति नजुट्दा मंगलबार यो विषय टुंग्याउन विहान ८ बजे प्रदेशसभा बैठक डाकिएको थियो। सोमवार बसेको प्रदेशसभा बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नाम टुंग्याउन मतदान प्रक्रियामा जानुपर्ने जानकारी दिँदै ४ चैत, मंगलबार बिहान ८ बजे अर्को बैठक आह्वान गरेका थिए।

त्यसै अनुरुप लामो समयपछि प्रदेशसभाका १ सय ७ जना सांसद नै बैठकमा उपस्थित थिए। तर कार्यव्यवस्था तथा परामर्श समितीको बैठकपछि पहिले प्रदेशको नामकरण र सो टुंगिइसकेपछि राजधानीसम्बन्धी प्रस्ताव पेस हुने कार्यसूची आएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले बिमति जनायो। यसले त्यसपछि समान्य विवादसमेत भएको थियो। यप समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ। 

प्रदेश २ मुद्धा नाम र राजधानी

विशेष