News

१० हजार थान मास्कसहित चिनियाँ पक्राउ

१० हजार थान मास्कसहित चिनियाँ पक्राउ

काठमाडौँ। माक्सको कालोबजारी गर्ने चिनियाँ नागरिकलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको ठमेलबाट १० हजार थान माक्ससहित चिनियाँ नागरिक पक्राउ परेका हुन्। 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको त्रासले बजारमा माक्सको अभाव सिर्जना भइरहेका बेला चिनियाँ नागरिकले कालोबजारी गरेको पाइएपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ बमोजिम बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी मुल्य वृद्धि गराएर अनुचित नाफा लिई बजारमा विक्री गर्ने डिलर वा एजेन्टलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

प्रहरीले बरामद गरेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले निर्देशन दिएका थिए।

यसैबीच, पक्राउ परेका चिनियाँ नागरिकहरुलाई छुट्टाउन चीनिया दूतावासले महानगरीय प्रहरी परिसरलाई दबाब दिइरहेको स्रोतको दाबी छ ।

मास्क कालोबजारी चिनियाँ

विशेष