इरान र इटली चीनको प्रभावमा परे पछी .......

इरान र इटली चीनको प्रभावमा परे पछी .......

राजविराज – गत वर्षको डिसेम्बर महिनादेखि चीनको वुहानबाट सुरु भएको भनिएको कोभिड–१९ वा कोरोनाभाइरसको संक्रमणले विश्वव्यापी त्रास र अन्योल सिर्जना गराइसकेको छ ।

हालसम्म विश्वको १ सय ७६ देशमा यो रोग फैलिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएको छ ।   विश्वभर झण्डै  २ लाख २१ हजार २ सय ६८  मानिस उक्त नयाँ रोगबाट संक्रमित भइसकेका छन । ती मध्ये आधाजसोलाई निको भइसकेका विवरण आएका छन। तर मार्च १९ सम्म  ८ हजार ९ सय ९७ जनाको मृत्यु भईरहेको छ  ।

 करोनाभाईरस रोगलाई देखाउदै समाजिक संजाल प्रयोगकर्ताहरूले व्यग्य गर्दै चीनलाई बिआरआइको नाम फेर्न विश्वभरि बाट  सुझाव आइरहेको छ ।  चीनले बिआरआइ संगै विश्वभर कोरोना भाइरस पनि छिराएको भन्दै बिरोध शुरु भएको छ । बिरोध स्वरुप विश्वभरका ट्यूटर प्रयोकर्ताहरुले चीनलाई बिआरआइको नाम फेरी “वन बेल्ट वन रोड वन भाइरस  राख्न सुझाव दिरहेका छन  । समाजिक संजालमा वन बेल्ट वन रोड वन भाइरस प्रचलित भएको छ । 

खासगरी चीनिया  परियोजना भित्रीयाएको  यूरोपली मुलुक इटालीमा  कोरोनाबाट गम्भीर रुपमा क्षती पुर्याएकोले बीआरआइ संगै  वन बेल्ट वन रोड वन भाइरस जोडिएको हो । चीनले कोरोना महामारीको समाप्तीको घोषणा गरेपनि उसको घोषणामाथी भरोसा गर्न सकिने आधारहरु छैन । 

यस्तो अबस्थामा  चीनले बिआरआइ परियोजना जारी राखे कामदारमार्फत विश्व कोरोनाको चपेटामा पर्दै जाने निश्चित छ ।

अहिले कोरोनावाट सबैभन्दा बढी चीनमा नै मृत्युभएको पुष्टि भएका छन ।  मानिसहरूलाई आचर्य मान्नु पर्ने  कुरा के छ कि इटाली र इरान यस प्रकोपमा दोस्रो र तेस्रो नम्बरमा परिसकेको अवस्था छ समाजिक संजाल  प्रयोगकर्ताहरूले भनेका छन् कि इरान र इटाली दुबै मुलुक भौगोलिक रूपमा यस प्रकोपको केन्द्रबाट टाढा रहेपनि बेइजिङ्ग संगको  नजिकको सम्बन्धका कारण उनिहरु पिडित भएको जनाएको छ।

संम्बधित खबर

विशेष