कोरोना संक्रमणबाट इटलीमा एकैदिन ४७५ जनाको ज्यान गयो

कोरोना भाइरसबाट इटलीमा एकै दिन ४ सय ७५ मानिसको मृत्यु भएको छ । इटलीमा कोरोना प्रकोप फैलिएयता मृत्यु हुनेको संख्या यो अहिलेसम्मकै उच्च हो ।
इटलीको लोम्बार्डीमा ३ सय १९ र बाँकी अन्य क्षेत्रका संक्रमितको बुधबार ज्यान गएको गएको बीबीसीले जनाएको छ । लोम्बार्डी इटलीको कोरोनाको इपिसेन्टर मानिन्छ ।
योसँगै इटलीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । यो कोरोनाको उद्गम मानिने चीनको भन्दा २ सय ५९ ले मात्रै कम हो ।
बीबीसीका अनुसार, ३५ हजार ७ सय १३ मानिस संक्रमित छन् । ४ हजारभन्दा बढी व्यक्ति भने उपचारपछि घर फर्किएका छन् ।
कोरोना भाइरस इटली