News

चाणक्य नीति: जीवनसाथी रोज्नुपूर्व यी कुरामा ख्याल राख्नुपर्छ

चाणक्य नीति: जीवनसाथी रोज्नुपूर्व यी कुरामा ख्याल राख्नुपर्छ

कुनै पनि मानिसको जीवनमा विवाहलाई निकै नै महत्वपुर्ण मानिन्छ। प्रेम र विवाहको तालमेलले जीवनलाई सुखी राख्न मदत गर्दछ। यिनै सम्बन्धको आकर्षणका कारण कुनै समय मानिसहरु गलत निर्णय समेत लिन पुग्छन,जसको परिणाम उनिहरुके जीवनभर भोग्नु पर्ने हुन्छ। 

विष्णुगुप्त र कौटिल्यका नामले प्रख्यात आचार्य चाणक्यले प्रेम र विवाहलाई लिएर केहि महत्वपुर्ण नीति बनाएका छन। यस नीति अनुसार चाणक्यले महिला पुरुष दुबैलाई सुखाव दिएका छन। चाणक्यको यस नीति अनुसरण गर्नाले व्यक्तिको जीवन सुखमय बन्न पुग्छ। आउनुहोस जानिराखौं चाणक्यको त्यो नीतिको बारेमा

आचार्य चाणक्य भन्छन, प्रेम तथा विवाहको सम्बन्धमा पुरुष र महिलाको आकर्षणबाट सकेसम्म टाढा रहँदै राम्रो हुन्छ। 

वरयेत् कुलजां प्राज्ञो विरूपामपि कन्यकाम्।

रूपशीलां न नीचस्य विवाह: सदृशे कुले।

यो श्लोकको अर्थ 'जीवनसाथी रोज्ने क्रममा महिला र पुरुष दुबैले एकअर्काको शारीरिक सुन्दरता र आकर्षण बेगर उसको शीलस्वभाव र गुणलाई महत्व दिनु पर्छ।शारीरिक सुन्दरता हेरेर सम्बन्ध जोड्ने हो भने यसले वैवाहिक सम्बन्धमा दरार ल्याउन पनि सक्छ। चाणक्यका अनुसार जीवनसाथी रोज्ने समयमा उसको शारीरिक आकर्षणलाई बिल्कुलै महत्व दिनु हुँदैन। 

उनि भन्छन, सुन्दरताको पछाडी दौडिनु अस्वाभाविक हो। सुन्दर जीवनसाथी खोज्ने चक्करमा उनीहरुको गुणलाई किनारा लगाउंदा जीवनमा अनेक प्रकारका दुख कष्टहरुको सामना गर्नु पर्ने स्थिति आउन सक्छ। शारीरिक सुन्दरता भनेको क्षणीक हो समयक्रमसंगै यो हराएर जान्छ तर राम्रो संस्कार र शीलस्वभावले कुनै पनि मानिसको बैवाहिक सम्बन्धलाई मजबुत बनाईराख्न मदत गर्छ। 

 

चाणक्य नीति

विशेष