News

कोरोना त्रासः प्रचण्डले बन्द गरे दैनिक भेटघाटका कार्यक्रम

कोरोना त्रासः प्रचण्डले बन्द गरे दैनिक भेटघाटका कार्यक्रम

काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्यावश्यक बाहेकका सम्पूर्ण भेटघाट बन्द गरेका छन्।

विश्वभर व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै भेटघाट बन्द गरिएको अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।

यसअघि अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा बिहान र बेलुका आगन्तुकहरुसँग नियमित भेटघाट गर्दै आएका थिए।

सरकारले कोरोना भाइरसबाट बच्न अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्कन अपील गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटघाट कोरोना भाइरस

विशेष