कोरोना संक्रमणको आशंकामा अस्पताल भर्ना भएका बिरामीले गरे आत्महत्या

विश्वव्यापी बढिरहेको कोरोना भाइरस (कोभिड–१९) को आशंका गरिएका एक बिरामीले भारतकाे दिल्लीको सफदरजंग अस्पतालबाट हाम्फालेर आत्महत्या गरेका छन् ।
ति विरामीले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हिन्दुस्तान टाइम्सलेले जनाएको छ । समाचारका अनुसार मृतकको उमेर बाहेक अन्य परिचय खुलाइएको छैन । हात्महत्या गर्ने व्यक्तिको उमेर ३५ वर्ष रहेको बताइएको छ ।
उनी हालसालै अष्ट्रेलियाको सिड्नीबाट फर्किएका थिए । अस्पतालका एक कर्मचारीको उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘मृतकका नमूनाहरू कोरोना भाइरस परीक्षणको लागि पठाइएको थियो तर परिणाम अहिलेसम्म उपलब्ध छैन्।’