News

डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या

डडेल्धुराः डडेल्धुरामा पासो लगाएर आधा दर्जन गाईको हत्या गरिएको पाइएको छ । गन्यापधुरा गाउँपालिका–१ मा ग्याविन तारले पासोमा झुण्ड्याएर मारिएका आधादर्जन गाइको शव र कंकाल भेटिएका प्रहरीले जनाएको छ ।

सामुदायिक वनको भिरालो क्षेत्रमा झुण्ड्याएर मारिएको अवस्थामा आधा दर्जनभन्दा बढी गाईको शव भेटिएको हो ।

देउपाल सामुदायिक वनको गैरी इजर भन्ने ठाउँमा करिब एक साताअघि गाईको हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान सुरू गरेको छ ।

पाँच वटा गाई रुखमा झुण्ड्याइएको अवस्थामा र एउटा गाईको बङ्गारा भेटिएको छ भने गाई मार्नका लागि बनाइएको ग्याविन तारको दुईवटा खाली पासो भेटिएका छन् । स्थानीयले जानकारी गराएपछि बिहीबार घटना सार्वजनिक भएको हो ।

गाई डडेल्धुरा गाै हत्या

विशेष