News

अन्तरिक्षमा पनि देखियो कोरोना, नासाले १७ हजार कर्मचारीलाई घर पठायो

अन्तरिक्षमा पनि देखियो कोरोना, नासाले १७ हजार कर्मचारीलाई घर पठायो

एजेन्सी। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को प्रभाव अन्तरिक्षमा पनि देखिएको छ । कोरोनाको आशंकामा अमेरिकी स्पेस एजेन्सी नासा (नेशनल एयरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन) ले आफ्ना १७ हजार कर्मचारीलाई घर फर्काएको छ।

नासाले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न सुझाएको छ । नासा एडमिनिस्ट्रेटर जिम ब्राइडेनस्टाइन ट्वीटमार्फत यो कुराको जानकारी गराएका हुन्।

जिमले लेखेका छन, 'देशभर कोरोना भाइरसका कारण उत्पन्न भएको समस्यालाई मध्यनजर गर्दै हामीले यस्तो फैसला लिएका हौँ। उनले भनेका छन केहि कर्मचारीमा कोभिड १९ को संक्रमण पोजेटिभ पाइयो, अन्य संक्रमण फैलिन नदिन बेलैमा सजकता अपनाउन जरुरी रहेकाले यस्तो  निर्णय लिएका हौँ। 

पछिल्लो समय कोरोनाले अमेरिकामा भयाबह स्थिति सिर्जना गरेको छ। अमेरिकामा ६ हजार बढी कोरोना संक्रमित भेटिएका छन भने १०७ जनाको मृत्यु भईसकेको छ, जहा की जम्मा ७ जना मानिस मात्र स्वस्थ भएर घर फर्किएका छन। 

 

कोरोना अन्तरिक्ष

विशेष