News

पेट्रोलमा कालोबजारी गर्ने ३ जना समातिए

पेट्रोलमा कालोबजारी गर्ने ३ जना समातिए

सप्तरीः जिल्लाको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिएर पेट्रोलमा कालोबजारी गर्ने तीन जना पक्राउ परेका छन् । 

नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक बाबुराम कार्कीले बताए । 

पक्राउ पर्नेमा नगरपालिका–७ का ३७ वर्षीय अरुण चौधरी, ४० वर्षीय अली हसन र वडा नं ५ का ३० वर्षीय तेजनारायण भगत रहेको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चौधरीको साथबाट १७ लिटर, हसनको साथबाट पाँच लिटर र भगतको साथ दुई लिटर अवैधरूपमा पेट्रोलमा कालोबजारी गरी बेचबिखन गरिरहेको अवस्थामा बरामद गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

 यता पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सप्तरी पक्राउ पेट्रोलमा कालोबजारी

विशेष