News

भारत लैजाँदै गरेको ६ बोरा मास्‍क प्रहरीद्वारा बरामत

भारत लैजाँदै गरेको ६ बोरा मास्‍क प्रहरीद्वारा बरामत

पर्साः नेपालबाट अवैध ढंगले भारतर्फ लैजाँदै गरेको ६ बोरा मास्कसहित प्रहरीले २ जना पक्राउ गरेको छ । उनीहरूलाई पर्सा प्रहरीले जिल्लाको पोखरियाबाट ६ बोरा मास्कसहित पक्राउ गरेको हो । 

पर्सा प्रहरीका अनुसार कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएर मास्‍कको अभाव भइरहेको समयमा उनीहरुले गलत ढंगले मास्‍क भारत लैजाँदै गरेको समयमा पक्राउ गरिएको हो । अभियुक्तले काठमाडौंबाट रात्रि बसमा ल्याउँदै गरेको समयमा बसमा नै छड्के चेकजाँच गरी नियन्त्रणमा लिएको पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले बताइन् । 

प्रहरी नियन्त्रणमा परेका दुवै अभियुक्त पर्साकै छिपहरमाई गाउँपालिका–५ बस्ने ३८ वर्षीय सुनिल जयसवाल र २६ वर्षीय अजय महतो कोइरी रहेका छन्। उनीहरूलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइरहेको प्रहरी उपरीक्षक पन्तले बताइन्।  
 

पर्सा मास्क कोरोना भाइरस

विशेष