News

भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै

भरतपुर कोरोना विशेष अस्पताल आजदेखि सञ्चालन हुँदै

चितवन। कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिईन।

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भनिन, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”

कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भने, “प्रदर्शनी केन्द्रका तीनवटै भवन प्रयोग गर्नु परेमा तीन सय बेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौँ ।” अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिईन।

शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने उनको भनाइ छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।  

 

भरतपुर कोरोना अस्पताल

विशेष