News

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध

काठमाडौं । कोरोनाको सम्भाव्य प्रकोपलाई दृष्टिगत गर्दै सरकारले यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्र लगायत ६६ मुलुकबाट नेपाल प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

यो व्यवस्था २०७६ चैत ७ गते मध्यरातदेखि लागू हुनेछ । प्रतिबन्धित देशका नागरिक मात्र होइनन्, त्यहाँ रहेका नेपाली, गैरआवासीय नेपालीलाई समेत नेपाल आउन रोकिनेछ ।

साथै, प्रतिबन्ध लगाइएका देशलाई ट्रान्जिट बनाएर पनि नेपाल आउन पाइनेछैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार नेपालमा कुल ६६ मुलुकका नागरिक र त्यहाँबाट आउने जुनसुकै मुलुकका नागरिकलाई समेत प्रतिबन्ध लागेको छ । यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ। 

प्रतिबन्ध नेपाल प्रवेश

विशेष