News

नेपालमा कोरोना भित्रिएको छैन, आत्तिनुपर्दैन : सरकार

नेपालमा कोरोना भित्रिएको छैन, आत्तिनुपर्दैन : सरकार

काठमाडौं । सरकारले नेपालमा कोरोना भाइरस नभित्रिएको भन्दै नआत्तिन सर्वसाधारणमा आग्रह गरेको छ । अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सिंहदरबारमा बिहीबार पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन् ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले कोरोना भाइरसको जोखिमलाई लिएर पूर्वतयारी अपनाइएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तिनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म कुनै पनि व्यक्तिमा भाइरस नदेखिएको दाबीसमेत गरे ।

विश्वव्यापी रूपमा फैलिएको कारोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबभन्दा बढी नोक्सानी भएको मन्त्री खतिवडाले बताए । हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल, हस्तकला लगायत क्षेत्र कोरोना भाइरसको जोखिमका कारण बढी प्रभावित भएको उनले बताए । पर्यटन क्षेत्र बढी प्रभावित भएको भए पनि अफ सिजनमा पर्यटक ल्याएर क्षतिपूर्ति गराउन सकिने गृहकार्य सरकारले गरिरहेको उनको भनाइ थियो । पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको जानकारी उनले दिए । यो समाचार आजको राजधानी दैनिकमा सुभाष शाहले लेखेका छन। 

कोरोना नेपाल

विशेष