News

आजदेखि चिडियाखाना बन्द

आजदेखि चिडियाखाना बन्द

विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीको संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना आजबाट बन्द गरिने भएको छ ।

चिडियाखाना व्यवस्थापन प्रमुख डा चिरञ्जीवीप्रसाद पोखरेलका अनुसार , 'कोरना भाइरस सङ्क्रमणको डरले बन्द गरिएको हो। हरेक दिन तीन हजार अवलोकनकर्ता यहाँ अवलोकनका लागि आउने गरेका थिए।' विद्यालयमा वार्षिक परीक्षा सकिएकाले विद्यार्थीको अवलोकनको मुख्य आकर्षण चिडियाखाना रहेकाले बन्द गरिएको उनले बताए।

अवलोकनको लागि बन्द गरेपनि जीव जन्तुको लागि खटिने कर्मचारी भने यहाँ नियमित आउनेछन्। हरेक दिन चिडियाखाना बिहान १० देखि साँझ ५ बजेसम्म अवलोकनका लागि सञ्चालन हुने गरेको थियो। हाल चिडयाखानासँग साथीको रूपमा सम्बन्ध स्थापित भएका २०० विद्यालएका पाँच हजार विद्यार्थी सहभागी हुँदै आएका छन्।

चिडियाखानामा ११९ प्रजातिका एक हजार ९८ वटा जीव जन्तु रहेका छन्। जहाँ मुख्य आकर्षणको रुपमा बाघ, भालु चितुवा, रेड पाण्डा (रातो हाब्रे) जस्ता जनावर छन्। ती प्रजातिमध्ये ३३ स्थनधारी ६१ चरा आठ उभयचर र १७ प्रजातिका माछा छन्। नेपालमा लोप हुन लागेको भनी सूचीकृत ३८ दुर्लभ वन्यजन्तुमध्ये १५ लाई चिडियाखानाले संरक्षण गरी प्रदर्शनीमा राखेको छ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कम हुँदै गएको खुला स्थान र जीवजन्तु हेर्ने चाहनाका कारण चिडियाखानामा आउने अवलोककर्तामा कुनै कमी आएको छैन। अवलोकनका लागि विदेशीको लागि रु ७५० तथा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क) राष्ट्रका नागरिकका लागि रु ५०० नेपालीलाई १५० र नेपाली विद्यार्थी र ज्येष्ठ नागरिकको लागि रु ९० लिँदै आइएकाे छ।

 

चिडियाखाना बन्द

विशेष