News

आजको मौसम: मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

आजको मौसम: मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ। नेपालमा हाल त्यस्तो कुनै पनि उल्लेखनीय मौसम प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

मौसम पूर्वानुमानका अनुसार हाल देशका पूर्वी र पश्चिमी पहाडी भू–भागका केही स्थानहरूमा आंशिक बदली भइरहेको छ ।

शुक्रबार दिउँसो भने देशका पहाडी भेगमा आंशिक बदली हुने र बाँकी भागमा भने सामान्यतया मौसम सफा रहने पूर्वानुमानमा उल्लेख छ । यसैगरी, अपरान्हपछि भने पहाडी क्षेत्रका एक दुई स्थानहरुमा मेघ गर्जन, चट्याङ र हल्का वर्षाको सम्भावना रहेको छ ।

राति देशका पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली हुने साथै मध्य र पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली हुने छ भने बाँकि क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमानमा उल्लेख गरिएको छ । 

मौसम

विशेष