अज्ञात रोगबाट बाजुरामा २ नाबालकको मृत्यु

बाजुरा। अज्ञात रोगबाट बाजुरामा २ नाबालको मृत्यु भएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका–२ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको हो ।
अहिले सो गाउका बालबालिका तथा वृद्धवृद्धामा ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिका उपाध्यक्ष मीना बुढाले जानकारी दिए ।
गत माघ महिनामा भाइरल ज्वरोको सङ्क्रमण देखिएको चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा पनि बिरामी पर्न थालेका छन् ।
अज्ञात रोग