विदेश

कोरोनाबाट मृत्यु हुनेको संख्या: इटालीले चीनलाई उछिन्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या: इटालीले चीनलाई उछिन्यो

एजेन्सी। कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा चीनभन्दा इटाली अगाडी आएको छ ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शुक्रबार बिहानसम्म इटालीमा मर्नेको संख्या ३४०५ पुगेको छ । 

पछिल्लो २४ घण्टामा मात्रै इटालीमा यस भाइरसको कारण ४२७ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । चीनमा हालसम्म मर्नेको संख्या ३२४५ छ । संक्रमितको संख्या हालसम्म चीनमा करिब ८१ हजार इटालीमा करिब ४१ हजार छन् । 

इरानमा कोरोनाको कारण मृत्यु हुनेको संख्या १२८४, त्यसपछि स्पेनमा ८३३, फ्रान्समा २४३ को मृत्यु भएको  छ । चीनबाट सुरु भएको कोभिड–१९ कोरोना भाइरसको प्रभाव चीनमा कम हुँदै गएपनि युरोपियन राष्ट्रहरुमा तीब्र गतिमा फैलिरहेको छ । सुरुमा चीन पछि धेरै फैलिएको दक्षिण कोरियामा भने नियन्त्रण मै देखिन्छ । कोरियामा हालसम्म ९४ जनाको मृत्यु भएको छ । 

कोरोना मृत्यु

विशेष