News

 राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

 राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । कोरोना भाइरसको सम्भावित जोखिमलाई रोक्नका लागि राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले कोरोनाका संक्रमण हुन नदिन सरकारले सबै शक्तिकेन्द्रित गरेका बेला थप सतर्कता अपनाउनुपर्ने देखिएकाले संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको जानकारी दिए । 

प्रतिनिधिसभाको बैठक पनि आगामी १३ गतेसम्मलाई स्थगित गरिएको छ ।

राष्ट्रियसभा बैठक स्थगित

विशेष