भारतबाट फर्किएका २ नेपाली क्वारेन्टाइनमा

कपिलवस्तु। भारतबाट फर्किएका २ नेपालीलाई कोरोना भाइरस संक्रमित भए नभएको यकिन गर्न कपिलवस्तुको तौलिहवामा क्वारेन्टाइनमा राखिएको छ ।
नेपाल फर्किने क्रममा कोरानाको शंकास्पद लक्षणहरु देखिएपछि उनीहरुलाई तौलिहवास्थित महेन्द्र आधारभुत बिद्यालयमा संचालन गरिएको क्वारेन्टाइनमा राखिएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरीटेन्डेन्ड डाक्टर किशोर बन्जाडेले बताए।
एकजनामा ज्वरो रुघाखोकी र अर्कालाई सामान्य ज्वरो र घाँटी दुखेको पाईएको उनले बताए।
क्वारेन्टाइन नेपाली