News

उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै

उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिँदै

काठमाडौं। काठमाडौं उपत्यकाबाट दैनिक २ लाख यात्रु बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अनुमान गरेकोे छ।

कोरोनाको त्रासले चैत मसान्तसम्म शैक्षिक संस्थाहरु बन्द गरेपछि उपत्यका बाहिरिने विद्यार्थीको संख्या बढेको छ। 

महासंघका अनुसार चैत १०सम्मका लागि उपत्यकाबाहिर जाने सार्वजनिक सवारीसाधनको टिकट बुकिङ भइसकेको छ । बिहीबार मात्रै निजी र सार्वजनिक सवारीसाधनबाट २ लाख यात्रु बाहिरिएको बताइएको छ।

काठमाडौंबाट बाहिरिने सवारीसाधनको संख्या वृद्धि भएको कारण उपत्यकाभित्र सञ्चालन हुने सवारीसाधनको संख्यामा कमी आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

विशेष