मनकामना केबलकार सेवा शनिबारदेखि बन्द

काठमाडौँ। कोरोना भाइरसका कारण मनकामना केवलकार सेवा शनिबारदेखि बन्द हुने भएको छ ।
मनकामना दर्शन प्रालिले सूचना प्रकाशित गर्दै शनिबारदेखि मनकामना केवलकारको सेवा बन्द गर्न लागिएको जानकारी दिएको हो। अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ ।
कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने घटेका थिए । चितवनको इच्छाकामना–४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक ३ हजार ५०० को सङ्ख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।-
मनकामना बन्द केबलकार सेवा