साँझ ६ बजे देशबासीका नाममा प्रधानमन्त्रीले सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।
विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) को प्रभावले मुलुकको अवस्था असामान्य बन्दै गएको स्थितिलाई मध्यनजर गरी प्रधानमन्त्रीले सरकारको तयारी सुसूचित गराउन सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेको पुष्टि गरे ।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलसँगको छलफलपछि प्रधानमन्त्रीले ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । यसै विषयलाई लिएर। बिहान ११ बजे प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।
आजै उच्चस्तरीय समन्वय समितिको बैठक पनि बस्दैछ । समितिले लकडाउनको घोषणा गर्ने बताइएको छ । लक डाउन भए मानिसको आवतजावत,पूर्णत बन्द रहनेछ । अत्यावश्यक बाहेकका सवारी गुड्दैनन् ।
छिमेकी मुलुक भारतले जनताले जनताका लागि लगाएको कफ्र्यू भन्दै सम्पूर्ण ठप्प बनाएको छ ।
केपी शर्मा ओली