News

कोरोना भाइरसकाे संक्रमणलाई लिएर सर्वोच्चले दियाे यस्ताे आदेश

कोरोना भाइरसकाे संक्रमणलाई लिएर सर्वोच्चले दियाे यस्ताे आदेश

काठमाडौं - पछिल्लाे समय विभिन्न देशमा फैलिरहेकाे कोरोना भाइरसको नेपालमा संक्रमण रोकथामका लागि सरकारका नाममा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

अधिवक्ता पूर्ण राजवंशीले दायर गरेकाे रिटमाथि सोमबार न्यायाधीश तेजबहादुर केसीको इजलासले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको हो । 

अधिवक्ता राजवंशीले कोरोना प्रभावित देशबाट नेपाल भित्रनेहरुको स्वास्थ्य परीक्षण गर्न, प्रभावित देशसँगको उडान रद्द गर्न, ती देशका नागरिकलाई भिसा नदिन, चीनसँगको स्थलमार्गमा हेल्प डेस्क राख्न, विपद व्यवस्थापन ऐनअनुसार विपदको मूल्यांकन र विश्लेषण गरी आवश्यक पूर्व तयारी गर्न, स्कुल कलेजसमेत बन्द गर्न अन्तरिम आदेश माग गर्दै रिट दिएका थिए ।

तर आदेशको लिखित रुप नआइसकेकाले कुन कुन विषयमा अन्तरिम आदेश जारी भएको हो भन्ने खुलेको छैन । कोरोनाभाइरसको संक्रमणबाट विश्वभरि ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ । कोभिड–१९ का कारण मृत्यु हुनेमध्ये ९० प्रतिशतभन्दा बढी मानिस चीनको हुवे प्रान्तका छन् । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ ।

विशेष