गाँजा खेती तथा काराेबारलाई कानुनी मान्यता दिन विधेयक दर्ता (पूर्णपाठसहित)
गाँजा खेती तथा काराेबारलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ। पूर्वमन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो।
तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधिय गुण भएकाले किसानसँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए। गाँजामाथि लागेको प्रतिबन्ध फुकुवा भएमा युवाहरु विदेशीनुपर्ने बाध्यताको अन्त्य हुने र स्वदेशमै रोजगारीका अवशरहरु सिर्जना हुने तामाङको दाबी छ।
विश्व स्वास्थ्य संगठनले पनि गाँजामा औषधिय गुण हुने भनिसकेको अवस्थामा नेपाल पनि यसमाथि लागेको प्रतिवन्ध फुकुवा हुनुपर्ने उनको भनाइ छ । अमेरिका क्यानडालगायत विश्वका ४० मुलुकहरुले गाँजामाथिको प्रतिवन्ध फुकुवा गरेको छ।
यसअघि गाँजा खेतीलाई कानुनी मान्यता दिनुपर्ने माग गर्दै सांसद विरोध खतिवडालगायतले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका थिए। तामाङले तयार पारेका मस्यौदा अनुसार गाँजा खेती सरकारले तोकेको स्थान र क्षेत्रफलमा हुनेछ। यस्तै मूल्य निर्धारण सरकारले गर्नेछ भने आन्तरिक बजारमा विक्री गर्न पाइने छैन। उत्पादन र नियन्त्रण पूर्णयता सरकारको हुनेगरी विधेयक तर्जुमा गरिएको छ। तोकिएको निश्चित प्रतिशत बाहेक क्षेत्रमा गाँजा खेती गर्न पाइने छैन।