News

नोट कारोबारको सट्टा कार्ड प्रयोग गर्न आग्रह

नोट कारोबारको सट्टा कार्ड प्रयोग गर्न आग्रह

काठमाडौँ। कोभिड १९ को प्रकोप हुन नदिन नेपालका बैङ्कहरूले नोट कारोबारको सट्टा कार्ड तथा कार्ड प्रयोग गर्न सल्लाह विद्युतीय कारोबार प्रयोग गर्न आग्रह गरेका छन् ।

नेपाल बैङ्कर्स सङ्घ, डेभलपमेन्ट बैङ्कर्स एसोसिएसन नेपाल र नेपाल वित्तीय संस्था सङ्घले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै कार्ड तथा विद्युतीय कारोबारका लागि अग्राह गरेका हुन् । उनीहरूले अत्यावश्यक अवस्थामा बाहेक बैङ्कका शाखाहरूमा नजान

सर्वसाधारणलाई आग्रह गरेका छन् ।
बैङ्कहरूमा हुने भीडभाड कम गर्नका लागि बैङ्कहरूले इन्टरनेट, मोबाइललगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा शुल्क नलाग्ने बताएका छन् । त्यस्तै कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैङ्क तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा पनि कुनै शुल्क नलाग्ने पनि बैङ्कर्स सङ्घको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नेपाल क्लियरिङ हाउसले प्रदान गर्ने कनेक्ट आईपीएस पनि निःशुल्क हुने जनाइएको छ । वित्तीय संस्थाका प्रतिनिधि संस्थाहरूले अर्को सूचना प्रकाशित नभएसम्मका लागि यस्तो सुविधा उपलब्ध हुने स्पष्ट पारेका छन् ।

यसैबीच नेपाल क्लियरिङ हाउसले पनि एक विज्ञप्ति जारी गर्दै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा रहेका सम्पूर्ण भुक्तानी सेवामा लाग्ने कारोबार शुल्क यही चैत मसान्तसम्मका लागि मिनाहा गर्ने जानकारी गराएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ। 

नोट कार्ड

विशेष