पुर्व प्रेमीलाई मण्डपमा देखेपछि बेहुलीले यस्ताे सम्म गरिन्, विवाह नै भाँडियाे!
एजेन्सी– विवाह तोडिएका कैयौ घटनाहरु हामीले देखेका छौं । विभिन्न कारणहरुले बिहे तोडिएका घटनाहरु भइरहन्छन् । यस्तैमा भारतको तेलंगनामा एउटा निकै रोचक घटना भएको छ । त्यँहा बिहे चलिरहेका बेला मण्डपमा बसेकी बेहुलीले आफ्ना पूर्वप्रेमीलाई देखेपछि बिहे गर्न अस्वीकार गर्दै मण्डप छाडेर हिँडेकी छिन् ।
समाचारको अनुसार घटना तेलंगनाको वानापार्टी जिल्लाको चारलापल्लीमा बेहुली विवाहको मण्डपमा बसेकी थिइन् । विवाहमा जब बेहुलाले मंगलसूत्र लगाइदिनै थालेका थिए त्यही बेला बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बेहुलीले आफ्नो बिहे भइरहेका बेहुलासँग बिहे गर्न नचाहेको बताइन् ।
बिहे चलिरहेका बेला बेहुलीले आफ्ना पूर्वप्रेमी पनि त्यहाँ आएको देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरिन् । बिहेमा आएका आफन्तले उनलाई आवेशमा फैसला नगर्न भने तर बेहुली आफ्नो फैसलाबाट पछि हटिनन् । आफन्तहरुको दबाब देखेपछि बेहुली मण्डपबाटै उठेर हिँडिन् ।
बेहुलीका परिवारका अनुसार उनका पूर्वप्रेमी विवाहस्थलमा देखिएका थिए जसलाई देखेपछि बेहुलीले बिहे गर्न अस्वीकार गरेकी थिइन् । केही मानिसहरुका अनुसार परिवारले उनलाई समात्न प्रयास गरेका थिए तर उनीहरु सफल हुन सकेनन् । परिवारले बेहुलीका प्रेमीलाई विवाह तोडिदिएको आरोप लगाएका छन् ।