News

नक्कली लाइसेन्ससहित चालक पक्राउ

नक्कली लाइसेन्ससहित चालक पक्राउ

काठमाडौँ। नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) सहित तीनजना चालकलाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाण्डाै टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो । 

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभइ लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाउने गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ । 

 

चालक पक्राउ नक्कली लाइसेन्स

विशेष