विदेश

कोरोना भाइरस: इटालीमा एकै दिनमा ६ सय २७ जनाको मृत्यु

कोरोना भाइरस: इटालीमा एकै दिनमा ६ सय २७ जनाको मृत्यु

एजेन्सी। कोरोना भाइरसका कारण इटालीमा एकै दिनमा ६ सय २७ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा इटालीमा सबै भन्दा बढी मानिस यस महामारीबाट सबैभन्दा बढीको मृत्यु भएको हो ।

इटालीमा हालसम्म कोरोनाका कारण चार हजार भन्दा बढीको मृत्यु भइसकेको छ। इटाली, जर्मन र स्पेनमा संक्रमण बढ्दै गएपछि कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच हजार भन्दा बढी पुगेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांकअनुसार कोरोनाको संक्रमणबाट संसारभर करिब एघार हजारको मृत्यु भइसकेको छ भने दुई लाख मानिस संक्रमित छन। संयुक्त राज्य अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार ८७ हजार संक्रमितहरु निको भएर अस्पतालबाट घर फर्किएका छन् ।

यसैबीच विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोनाको संक्रमणबाट कोही पनि मुक्त नरहेको स्पष्ट पारेको छ । युवाहरुको तुलनामा बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएपनि युवाहरु पनि संक्रमणको जोखिमबाट मुक्त नरहेको डब्लुएचओले स्पष्ट पारेको छ ।

गत वर्षको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहान शहरमा पहिलो पटक भेटिएको कोरोनाको संक्रमण पछिल्ला दिनहरुमा युरोपमा फैलिएको छ ।

 

इटाली कोरोना मृत्यु

विशेष