News

कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

कोरोनाबारे भाइरल अडियोको प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौँ। कोरोना भाइरस नेपालमा भित्रिसक्यो भनेर सामाजिक संजालमा भाइरल भईरहेको अडियोबारे प्रहरीले अनुसन्धान थालेको छ। 

उक्त फेक अडियोमाथि साइबर ब्युरोले अनुसन्धान थालेको प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले जानकारी दिए। साथै उनले यस्ता अफवाह फैलाउनेहरुमाथि अनुसन्धान गरि कारवाही गरिने समेत बताएका छन।  

हाल सामाजिक संजालमा भाइरल भईरहेको उक्त अडियो क्लिपमा एक व्यक्तिले' नेपालमा कोरोना भित्रिसकेको र धेरैको ज्यान गईसकेको' बताईरहेका छन।  

नेपाल प्रहरीको साइबर व्यूरोका एसएसपी नविन्द अर्यालले पनि सो अडियोबारे अनुसन्धान भइरहेको बताए । ‘त्यसको प्राविधिक पाटोबारे हामीले अध्ययन गरिरहेका छौं,’ उनले भने ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

 

 

कोरोना अनुसन्धान अडियो

विशेष