News

सामाजिक संजालमा भाइरल अडियोबारे बोल्यो नर्भिक: 'हालसम्म कोरोनाको बिरामी भेटिएको छैन'

सामाजिक संजालमा भाइरल अडियोबारे बोल्यो नर्भिक: 'हालसम्म कोरोनाको बिरामी भेटिएको छैन'

काठमाडौँ। नेपालमा कोरोना भित्रिसकेको भन्ने सामाजिक संजालमा भाइरल भएको अडियोको बिषयमा नर्भिक अस्पतालले स्पष्ट बताएको छ। 

अस्पतालले शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा भाइरल बनेको अडियोमा नर्भिकमा ८ जना कोभिड १९ का बिरामी भेटिएको विषय कपोकल्पित र भ्रामक रहेको प्रष्टीकरण दिएको हो ।

नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले राष्ट्रमा आइपरेको जटिल एवम् संवेदनशील समस्यामा सवै निकाय एक जुट भै समस्यासँग लड्नुपर्ने आजको चुनौतीपूर्ण अवस्थामा यस्ताखाले भ्रामक समाचारको पछि नलाग्न अनुरोध गरे । 

'साथै यसखाले अपराधपूर्ण अफवाहको हामी कडा निन्दा समेत गर्दछौं ।' नर्भिकले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'हालसम्म नर्भिकमा कोभिड–१९ का कुनैपनि बिरामी पत्ता लागेका छैनन्, यसमा हामी सवै निश्चिन्त र प्रष्ट हुनुपर्छ ।' 

नर्भिकले भ्रामक समाचार फैलाउने कार्य पूर्णतया सामाजिक अपराध भएको प्रष्ट पार्दै त्यस्तो कार्य गर्नेमाथि कडा कारबाहीको भागिदार बनाउनुपर्नेमा जोड दिएको छ । 

 

कोरोना भाइरस अडियो

विशेष