‘औषधिका नाममा अमेरिकाले रोग फैलाउन सक्छ’
इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामीनेईले आफ्ना नागरिकका लागि अमेरिकाले गर्ने कुनै पनि सहयोग नलिने घोषणा गरेका छन् । उनले अमेरिकाले ईरानविरुद्ध औषधि प्रयोग गर्ने षड्यन्त्र गरेको हुनसक्ने आशंका व्यक्त गरे ।
‘सायद रोगलाई थप खराब बनाउन अमेरिकाले हामीलाई औषधि उपलब्ध गराएको हुनसक्छ, हामी तिमीहरुलाई कहिल्यै विश्वास गर्न सक्दैनांै,’ सर्वोच्च नेता खामेनेइले पर्सियन नयाँ वर्षका अवसरमा गरिएको टेलिभिजन सन्देशमा भने । उनले अमेरिकाले औषधि सहयोग गर्ने कुरा निकै अनौठो लागेको बताए ।
‘अमेरिका आफैं संकटमा छ । उनीहरुलाई नै उपचार सामाग्रीको अभाव छ,’ खामेनेईले भने ।
हरेक वर्ष खामेनेई आफैं ईरानको मस्हाद शहरमा उपस्थित भएर शुकामना सन्देश दिन्थ्यें । यसपटक उनले टाढैबाट सम्बोधन गरे ।
मध्यपूर्वमा सर्वाधिक संक्रमण देखिएको देशमध्ये इरान एक हा । विश्व स्वास्थ्य संगठनका अनुसार यहाँ अहिलेसम्म २० हजार जनामा संक्रमण देखिएको छ । त्यसमध्ये १५ सयजनाको मृत्यु भइसकेको छ ।