खाद्यान्नको पर्याप्त मौज्दात रहेको आपूर्तिमन्त्री भट्टको दाबी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले खाद्यान्नलगायतका अत्यावाश्यक वस्तुको बजारमा अभाव नहुने प्रष्ट पारेका छन् ।
काठमाडौंमा आयोजित साक्षात्कारमा उनले बजारमा कुनै पनि अत्यावश्यक सामग्रीको अभाव हुन नदिने गरी सरकारले बन्दोवस्त गरिरहेको बताए ।
मन्त्री भट्टले खाद्यान्नको पर्याप्त मौज्दात रहेको दाबी समेत गरे । उद्योगमन्त्री भट्टले आपूर्ति व्यवस्थापनका लागि योजनाबद्ध ढंगले गम्भिर रुपमा तयारी भइरहेको उल्लेख गरे ।
कालोबजारी नियन्त्रणका लागि सरकारले अनुगमन टोली खटाइरहेको भन्दै उनले कालोबजारी गर्नेलाई कडा कारवाही गर्ने बताए ।