विदेश

कोरोना भाइरसबाट रियल मड्रिडका पूर्व अध्यक्षकाे निधन

कोरोना भाइरसबाट रियल मड्रिडका पूर्व अध्यक्षकाे निधन

कोरोना भाइरस (कोभिड–१९) काे संक्रमणबाट रियल मड्रिडका पूर्वअध्यक्ष लोरेन्जको सान्जको निधन भएको छ । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

७६ वर्षीय लोरेन्जोका छोरा फर्नान्डो सान्जले शनिबार आफ्ना बाबुको निधन भएको पुष्टि गरेका छन् । ‘मेरो पिताको भर्खरै निधन भएको छ । उनको अन्त्य यस्तो हुन नहुने थियो,’ उनले लेखेका छन्, ‘उनी मैले देखेका अहिलेसम्मकै दयालु, बहादुर र मिहिनेती व्यक्ति थिए । परिवार र रियल म्याड्रिडप्रति उनको लगाव थियो ।’

रियल मड्रिडले पनि यस विषयमा विज्ञप्ती निकालेको छ । सान्ज सन् १९९५ देखि २००० सम्म रियलको अध्यक्ष थिए ।

रियल मड्रिड लोरेन्जको सान्ज

विशेष