कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ हजार पुग्यो, इटालीमा एकैदिन ७९३ जनाको मृत्यु
काठमाडौंः कोरोना भाइरसविरुद्ध गरिएको अथक प्रयासले पनि इटालीमा मृतकको संख्या रोक्न सकिएको छैन । आज बिहान सात बजेसम्म संसारभरी १३ हजार ३५ जनाको मृत्यु भएको छ भने संक्रमित हुनेको संख्या ३ लाख नाघेको छ ।
विश्वको तथ्यांक हेर्दा सबैभन्दा बढी मृतक इटालीका छन् । चीन दोश्रो र स्पेन तेश्रो नम्बरमा रहेको छ । इटालीमा शनिवार मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ ।
कतिपय देशहरुमा लकडाउनको घोषणाले संक्रमण फैलिनबाट रोकिएको छ । बेलायतमा शनिवार ५६ जनाको मृत्यु भएपनि एकजना पनि नयाँ संक्रमित देखिएनन । तर इटालीमा भने यसको कुनै असर देखिएको छैन । इटालीमा सेना समेत परिचालन गरिएको छ तर यसको असर देखिन्न ।
यहाँ हरेक दिन मृत्युले नयाँ रेकर्ड बनाउँदै छ । एकैदिन ६ हजार ५५९ जना नयाँ संक्रमित देखा परेका छन् । यता भारतमा समेत संक्रमण निकै तिब्ररुपमा फैलिएको छ । भारतमा ३१२ जना संक्रमित देखिएका छन् ।
भारतीय सरकारले आज जनता बन्दको घोषणा गरेको छ । कतिपय राज्यमा आवागमन रोकिएको छ ।
जर्मनीमा २४ घण्टामा १६ सय जना नयाँ संक्रमित देखिएका छन् । छिमेकी पाकिस्तानमा पनि पछिल्लो साता संक्रमण तीब्र गतिमा फैलिएको छ । पाकिस्तानमा अहिलेसम्म ६७१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा बढी सिन्ध प्रान्तमा ३६१ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरस इटाली