News

टेकु अस्पतालले माग्यो ४४ स्वास्थ्यकर्मी

टेकु अस्पतालले माग्यो ४४ स्वास्थ्यकर्मी

काठमाडौंः टेकुस्थित शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९) संक्रमितको उपचार गर्न ४४ स्वास्थ्यकर्मी मागेको छ ।

कोरोना भाइरसको संक्रमण विश्वव्यापी बनिरहेका बेला देशकै एकमात्र सरुवा रोग अस्पतालले तीन महिनाका लागि कर्मचारी मागेकाे हाे ।

माग गरिएका जनशक्तिमा कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट, मेडिकल अधिकृत, नर्सिङ अधिकृत र स्टाफ नर्स छन् ।

अस्पतालले आइतबार एक सूचना जारी गर्दै इच्छुक व्यक्तिहरूलाई पाँच दिनभित्र आवेदन बुझाउन आग्रह गरेको छ ।

कोरोना भाइरस स्वास्थ्यकर्मी ट्रपिकल तथा सरुवा रोग अस्पताल

विशेष