News

आफैले मास्क उत्पादन गरी वितरण गर्दै प्रहरी

आफैले मास्क उत्पादन गरी वितरण गर्दै प्रहरी

सप्तरीः नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमलाई ध्यान दिँदै मास्क उत्पादन गरी वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालबाट तयार गरिएको माक्स शनिबार हिरासतमा रहेका सम्पूर्ण थुनुवालाई वितरण गरिएको हो । सो भाइरसको जोखिमबाट बच्नका लागि आफ्नै कार्यालयभित्र मास्क तयार गरेर वितरण गरेको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

गत शुक्रबार जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय र चौकीमा कार्यरत सम्पूर्ण प्रहरीलाई माक्स वितरण गरिएको थियो ।

प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरधामबाट निर्देशित नमूनाबमोजिमको ढाँचामा माक्स तयार गरी वितरण गरिएको उनले बताए । ‘जनताको सेवामा समर्पित प्रहरीको सुरक्षासँगै जनतामा सचेतना फैलाउन मास्क तयार गरी दिएका हौँ”, प्रहरी उपरीक्षक प्रसाईंले भने, ‘यसैगरी प्रत्येक प्रहरी कार्यालयको मूलढोका अगाडि हात धुने व्यवस्था पनि गरेका छौँ ।’

कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई अनिवार्य मास्क लगाउन र साबुनपानीले हात धोएर मात्र प्रवेश गराउन प्रहरी कार्यालयको ढोका अगाडि साबुन र पानी राखिएको छ ।

सप्तरी कोरोना भाइरस

विशेष