News

मिनिट्रकको ठक्करबाट बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते

मिनिट्रकको ठक्करबाट बाबुछोराको मृत्यु, आमा गम्भीर घाइते

काभ्रेः मिनिट्रकको ठक्करबाट काभ्रेको बनेपामा बाबुछोराको मृत्यु भएको छ । आज (आइतबार) बिहान साढे ६ बजे अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार बाबुछोराको मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार आमा भने घाइते छिन् । मोटरसाइकल चालक उदयपुर रौतमाई गाउँपालिका–४ स्थित ३५ वर्षीय मिनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुनी श्रेष्ठको उपचारको क्रममा निधन भएको हो । उनीहरुलाई बनेपास्थित शिर मेमोरियल अस्पताल बनेपामा उपचारका लागि लगिएको थियो मोटरसाइकल चालक श्रेष्ठको श्रीमती सुनिता श्रेष्ठको भने उपचार भइरहेको छ ।

प्रहरीले उक्त मिनिट्रक र चालक रामेछाप खाँडादेवी गाउँपालिका निवासी लक्ष्मीनारायण श्रेष्ठलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए।

काभ्रे सडक दुर्घटना

विशेष