News

एकाबिहानै तनहुँमा बस दुर्घटना, एक युवतीको मृत्यु

एकाबिहानै तनहुँमा बस दुर्घटना, एक युवतीको मृत्यु

तनहुँः जिल्लाको ब्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान बस पल्टिँदा एक युवतीको ज्यान गएको छ । यस्तै दुर्घटनामा ७ जना घाइते भएमा छन् ।

मुग्लिनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ९४०० नम्बरको बस नियन्त्रण गुमाएर बिहान पौने ४ बजे पल्टिएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा तनँहुको शुक्लागण्डकी नगरपालिका–२ की २५ वर्षीया शर्मिला ठकुरी रहेकी छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका १७ जनामध्ये एक जनालाई उपचारको लागि बीएण्डबी अस्पताल ललितपुर पठाइएको छ ।

अन्य दुई जनालाई मणिपाल अस्पताल पोखरा पठाईएको छ भने १२ जनाको रत्नहरी अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

सामान्य घाइते दुई जना उपचार पश्चात घर फर्केका छन् । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बस दुर्घटना तनहुँ

विशेष