चन्द्रागिरि केबुलकार बन्द
काठमाडौंः विश्वव्यापी व्यापकरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राख्दै चन्द्रागिरि हिल्सले आफ्नो केबुलकार सेवालाई बन्द गरेको छ ।
सरकारले अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवालाई बन्द गर्ने निर्णय गरेसँगै चन्द्रागिरि हिल्सले पनि आफ्नो केबुलकार सेवालाई बन्द गरेको हो ।
आइतबार सूचना प्रकाशित गर्दै चन्द्रागिरिले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आफ्ना सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिएको छ । यस्तै मनकामना केबुलकारले समेत केही दिन अघि नै कोरोनाको महामारी फैलनसक्ने सम्भावना रहेको भन्दै आफ्ना सेवालाई बन्द गरिसकेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेका सबै सेवा चैत २१ गतेसम्मका लागि बन्द गर्ने घोषणा गरेका थिए।
कोरोना भाइरस चन्द्रागिरि