News

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ औषधि व्यवसायी पक्राउ

मास्क र स्यानिटाइजर कालोबजारी गर्ने ४ औषधि व्यवसायी पक्राउ

जनकपुरधामः मास्क र स्यानिटाइजरको कालोबजारी गर्ने चार औषधि व्यवसायीलाई पक्राउ गरिएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए । पक्राउ गरिएका चारै व्यवसायीको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

मास्क कालोबजारी औषधि व्यवसायी

विशेष