कैलालीमा अनिश्चिकालीन निषेधाज्ञा
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कैलाली प्रशासनले जिल्लाभर अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले विज्ञप्ती जारी गर्दै सोमबार दिउँसो २ बजेदेखि लागू हुने गरी कैलालीमा निषेधाज्ञा जारी गरिएको घोषणा गरेका हुन् ।
भारतसँग जोडिएको प्रमुख २ नाकाहरु गड्डाचौकी र गौरीफन्टाबाट स्वदेश फर्किन नेपालीको भीडका कारण सुदूरपश्चिममा कोरोना संक्रमणको जोखिम रहेको भन्दै सामाजिक अभियान्ताहरुले पुरै प्रदेश नै ‘लकडाउन’ गर्नुपर्ने बताउँदै आएका छन् ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार रातिदेखि लागू हुने गरी जिल्लालाई ‘लकडाउन’ गरिएको घोषणा गरिसकेको छ ।