News

मानवअधिकारको अवस्थाबारे तीब्बतीहरुद्धारा विरोध प्रदर्शन 

मानवअधिकारको अवस्थाबारे तीब्बतीहरुद्धारा विरोध प्रदर्शन 

जेनेभा । स्विट्जरल्याण्ड र लिक्टेनस्टेनमा रहेका तिब्बती समुदायले तिब्बतको मानवअधिकारको दयनीय अवस्थाको अन्त्यको माँग गर्दै संयुक्त राष्ट्र भवन अगाडी बाहिर प्रदर्शन गरेका छन् ।

आफुहरुले संयुक्त राष्ट्र मानवाधिकार परिषद्ले ४३औं सत्रको चल्दै गर्दा चीनद्धारा तिब्बतमा संस्थागत रुपमा तिब्बतीहरुमाथि भईरहेको मानवअधिकार उल्लंधनको बिरूद्ध हस्तक्षेप गरी चीनमाथि कारबाही गर्न संयुक्त राष्ट्र संघ मानवअधिकार परिषद्लाई आह्वान गरेको प्रदर्शनकारी मध्येका एक र निर्र्वासित तिब्बती संसद सदस्य जम्पा सम्धोले बताए ।

सम्धोका अनुसार तिब्बतीहरू चिनियाँ शासनको अधीनमा अतुलनीय पीडा भोगिरहेका छन् र हालसम्म १५४ जना भन्दा बढी तिब्बतीहरूले आत्मदाह गरेका छन् ।

फ्रिडम हाउसद्धारा प्रकाशित फ्रिडम इन वल्र्ड २०२० रिपोर्टमा तिब्बतलाई लगातार पाँचौं पटक विश्वको दोस्रो सबैभन्दा कम स्वतन्त्र क्षेत्रको स्थानमा राखिएको छ । 

सम्धोले भने कि तिब्बतीहरूलाई शिक्षा, स्वास्थ्य सेवा, रोजगारी वा राहदानीको व्यवस्थालगायत जीवनको हरेक पक्षमा भेदभाव गरिएको छ । तिब्बतीहरूले आफ्नो निर्दिष्ट क्षेत्रभित्र वा बाहिर स्वतन्त्र रूपमा हिड्न सक्दैनन्। तिनीहरूको सम्पूर्ण आन्दोलनलाई उच्च प्रविधिको निगरानीमा राखिन्छ र दबाइन्छ । 

प्रदर्शनकारीहरूले बताए कि चीनले तिब्बती मानवअधिकार रक्षकहरुलाई आपराधिक आरोप लगाउनका लागि कानुनको दुरुपयोग गर्यो । ताशी वाञ्चुक, ए–नाय सेन्गद्रा, सोनम पलदानलगाय अन्य धेरै मानवअधिकार रक्षकहरूलाई निष्पक्ष जाँच विनै कैद गरी अमानवीय व्यवहार र यातना दिइएको छ ।

विशेष