News

आँबुखैरेनीमा बस दुर्घटना: तीनजनाको मृत्यु, १७ घाइते

आँबुखैरेनीमा बस दुर्घटना: तीनजनाको मृत्यु, १७ घाइते

दमौली। पृथ्वीराजमार्गको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा यात्रुवहाक बस दुर्घटना हुँदा तीन जना यात्रुको घटनास्थलै मृत्यु भएको छ ।

पोखराबाट नेपालगञ्ज जाँदै गरेको ना ५ ख ४२९४ नम्बरको बस आइतबार साँझ ६.३० बजे सडकबाट करिब एक सय मिटर तल मस्र्याङ्दी नदीमा खसी दुर्घटना भएको इलाका प्रहरी कार्यालय आवुँखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए। 

त्यस्तै दुर्घटनामा परि १७ जना यात्रु घाइते भएका छन। बसका यात्रु मध्ये पाँच जनाको सकुशल उद्धार भएको छ । दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाले उद्धार गरेका थिए। 

बस दुर्घटना

विशेष