अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १५ पुग्यो

एजेन्सी। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण अमेरिकामा बढ्दो रुपमा देखिएको छ ।
अमेरिकामा पछिल्लो २४ घण्टामा ११४ जनाले ज्यान गुमाएका छन् योसंगै अमेरिकामा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय १५ पुगेको छ ।
एकैदिन अमेरिकामा ८ हजार ५ सय ७६ नयाँ संक्रमित थपिएसँगै हालसम्म संक्रमितको सख्या ३२ हजार ७ सय ७८ पुगेको छ । अमेरिकामा १ सय ७८ जना उपचारपछि निको भएका छन् भने ३२ हजार १ सय ८९ जना उपचाररत छन् ।
संसारभर अहिलेसम्म तीन लाख ३५ हजार ५११ जना सङ्क्रमित भएकोमा ९७ हजार ६३७ जना उपचारपछि निको भएका छन् ।
अमेरिका कोरोना