News

मोदीको जनता कर्फयु दक्षिण एसियामै लोकप्रिय 

मोदीको जनता कर्फयु दक्षिण एसियामै लोकप्रिय 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा लागु गरेको ‘जनता कर्फयु’दक्षिण एसियाकै उद्दाहरणको रुपमा स्थापित भएको छ । कोरोना विरुद्ध लड्ने मोदीको जनताको कर्फयुको स्टाईल दक्षिण एसियाको अर्को मुलुकहरुमा पनि लोकप्रिय बन्दै गएको छ । भारतपछि नेपालमा लागु गरिएको जनता कफ्र्यु आजबाट बंग्लादेशमा पनि लागु गरिएको छ ।

 प्रधानमन्त्री मोदीले आइतबार विहान ७ बजेदेखि साँझ ९ बजेसम्म  सवै नागरिकलाई अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किँन आग्रह गर्दे जनता कर्फयु लागु गरेका थिए । यसको पालना प्रत्येक जनताले स्वतः स्र्फुत गर्नुपर्ने भएकोले यसलाई यसलाई जनता कर्फयु भनिएको हो । नेपाल र वंग्लादेशका सरकारहरुले पनि यसै गरी आफना् नागरिकहरुलाई अत्वाश्यक अबस्थाबाहेक घरबाहिर आवतजावत नगर्न आग्रह गरेको छ ।  

प्रधानमन्त्री मोदीले कोरोनाका कारण विश्वमा संकट गुज्रिरहेको बताउँदै सरकारको निर्देशन स्वतःस्र्फुत रुपमा पालना गर्न गरेको आग्रहलाई भारतीय जनताले व्यापक समर्थन गरेका छन् । भारतीय आम जनता घर मै बसिरहेर कारोनोको प्रसार न्यून गर्न सरकारलाई सहयोग गरिरहेको छ । 

जनता कर्फ्यूको दिन साँझ ५ बजे घरको ढोकामा उभिएर ५ मिनेट ताली, थाल र घण्टी बजाएर नागरिकको हौसला बढाउन समेत उनले आग्रह गरेका छन् । यसरी ध्वनि गुञ्जिदा त्यसबाट उत्पन्न हुने भाइबे्रसनले किटाणुहरु नष्ट हुने पनि विभिन्न अध्ययनहरु प्रमाणित गरिसकेको छ । 

काठमाडौंको पनि कतिपय ठाँउमा आज साँझ ताली, थाल तथा घण्टीको आवाज गुञ्जिएको छ । जनता कर्फयु कोरोनोको प्रसारलाई कम गर्न निकै प्रभावशाली उपाय सिद्ध भएको छ । यसले उच्च जनघनत्व रहेको दक्षिण एसियामा कोरोनाको प्रसार कम गर्न महत्वपुर्ण भुमिका खेलेको छ ।

विशेष