विदेश

जर्मन चान्सलर एङ्गेला मर्केल ‘क्वारेन्टाइन’मा

जर्मन चान्सलर एङ्गेला मर्केल ‘क्वारेन्टाइन’मा

जर्मन चान्सलर एङ्गेला मर्केल क्वारेन्टाइनमा बस्न थालेकी छन् । उनको सम्पर्कमा आएका एक चिकित्सकलाई कोरोनाभाइरस सङ्क्रमण भएको भेटिएपछि उनी पनि ‘क्वारेन्टाइन’मा बस्न थालेकी हुन् । चान्सलरका प्रवक्ताका अनुसार 

गत शुक्रवार मर्केललाई निमोनियाको खोप दिएका एक चिकित्सकमा कोरानाभाइरस सङ्क्रमण पाइएपछि उनी क्वारेन्टाइनमा बस्नुपरेको हो। 

६५ वर्षीया उनको नियमित जाँच गरिने र उनले घरबाटै काम गर्ने प्रवक्ताले बताए । युरोपको सबभन्दा ठूलो अर्थतन्त्र भएको देश जर्मनीमा हालसम्म कोरोनाभाइरसबाट करिब २५ हजार मानिस सक्रमित छन्। यसका कारण ९४ जनाको ज्यान गइसकेको छ।  

क्वारेन्टाइन एङ्गेला मर्केल

विशेष