News

आजदेखि लामो दूरीको यात्रुवाहक सवारी संचालनमा रोक

आजदेखि लामो दूरीको यात्रुवाहक सवारी संचालनमा रोक

काठमाडौं। आजदेखि लामो दूरीको यात्रुवाहक सवारीसाधन संचालनमा रोक लगाइएको छ ।

गत शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गर्दै गरेको घोषणा अनुसार आजदेखि लामो दूरीका यात्रुबाहक सवारीसाधन संचालनमा रोक लगाइएको हो।

आजदेखि एक जिल्लाबाट अर्को जिल्लामा चल्ने सार्वजनिक यातायात संचालनमा समेत रोक लगाइएको छ। कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेको सरकारले सार्वजनिक यातायातमा केही दिनका लागि रोक लगाएको बताइएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने त्रासका कारण विद्यालयसहितका शैक्षिक संस्थाका साथै अत्यावश्यक बाहेक सम्पूर्ण संस्था बन्द भएका छन् ।

रोक लामो दूरी यात्रुवाहक सवारी

विशेष