News

कोरोना भाइरस: मृतकको संख्या १४ हजार नाघ्यो

कोरोना भाइरस: मृतकको संख्या १४ हजार नाघ्यो

एजेन्सी। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस हाल बिश्वभरि महामारीका रुपमा फैलिएको छ। यसको संक्रमण हाल संसारका १ सय ८६ भन्दा धेरै देशमा फैलिएको छ।

यसको संक्रमणले १४ हजार ६ सय ८५ जनाको मृत्यु भएको छ । चीनबाट सुरु भएको संक्रमण भएपनि मृत्युको आँकडा हेर्ने हो भने इटली सबैभन्दा धेरै यसबाट प्रभावित बनेका छन। आइतबार मात्र इटालीमा ६ सय ५१ जनाको मृत्यु भएको छ । योसँगै इटलीमा कोरोना भाइरसले अहिलेसम्म ५ हजार ४ सय ७६ जनाको मृत्यु भइसकेको छ ।

यस्तै चीनको हुबेई प्रान्तमा मृतकको संख्या ३ हजार १ सय ५३ पुगेको छ । यसबाहेक स्पेनमा १ हजार ७ सय ७२, इरानमा १ हजार ६ सय ८५ र फ्रान्समा ६ सय ७४ जनाको मृत्यु भएको छ ।

संसारभरी तीन लाख बढी संक्रमित देखिएका छन् । संक्रमित व्यक्तिको संख्या सबैभन्दा धेरै चीनमा छ । चीनमा ८१ हजार ४ सय २६ संक्रमित देखिएका छन् भने इटलीमा ५९ हजार १ सय ३८, अमेरिकामा ३३ हजार २ सय ७६, स्पेनमा २८ हजार ७ सय ६८ र जर्मनीमा २४ सय ८ सय ७३ घटना पुष्टि भएका छन् ।

भारतमा यो संक्रमणका कारण अहिलेसम्म ७ जनाको मृत्यु भइसकेको छ भने ३ सय ६० जना संक्रमित पाइएका छन् । संक्रमण रोक्नका लागि भारतका २२ राज्यका ७५ जिल्लामा ३१ मार्चसम्म लकडाउन लागू गरिएको छ ।

कोरोना भाइरस मृतक

विशेष