'१४ दिन पुरै नेपाल लकडाउन गरौँ': प्रदिप पौडेल
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन नेपाललाई पुरै १४ दिननै 'लकडाउन' गर्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता प्रदिप पौडेलले आग्रह गरेका छन् ।
धेरै देशका जनताले हेलचेक्राई गर्दा कोरोना भाइरस फैलिएको भन्दै उनले सचेत हुन पनि आग्रह गरेका हुन् ।
धेरै देशका जनताहरुले कोरोना (कोभिड–१९) भाईरसलाई हेलचेक्राई गर्दा भाइरस धेरै फैलिएको र धेरै मानिस संक्रमित भएको देखिन गएको छ तसर्थ म नेपाल सरकारसँग विनम्रतापूर्वक आग्रह गर्दछु कम्तीमा १४ दिन सम्पूर्ण ‘नेपाल लक डाउन गरौं ।’ नेपाली जनतामा जुन त्रास छ त्यो हटाउनेतर्फ हामी सबै एक हौं र सरकारलाई साथ दिऊ !’, पौडेलले फेसबुकमा लेखेका छन् ।
प्रदिप पौडेल